६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा र पर्साका हावाहुरी प्रभावितलाई एक करोड रकम हस्तान्तरण



अ+ अ-

जनकपुरधाम । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि एक करोड दिएका छन् ।

बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश ३ का मुख्यमन्त्री पौडेलले उक्त रकम बराबरको चेक प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन्।

गएको चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए।