९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

जथाभावी छुरा प्रहार गरी पाँच जनाको हत्या, १३ जना घाइते

जथाभावी छुरा प्रहार गरी पाँच जनाको हत्या, १३ जना घाइते
अ अ+ अ-

काठमाडौं । जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । दक्षिण कोरियाको दक्षिण पश्चिमी क्षेत्रको एक गाउँमा भएको यस घटनामा १३ जना घाइते भएका छन् ।

एकजना स्थानीयले आफ्नो अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा भाग्न खोज्ने नागरिकलाई छुरा हानिएको बताइएको छ ।

सो अपार्टमेन्टको चौथो तल्लामा एकजना ४२ वर्षीय स्थानीय बस्ने गरेका थिए । उक्त अपार्टमेन्टको आफू बसिरहेको तल्लामा आगो लगाएर भागेका थिए ।

उनी भाग्ने क्रममा सो अपार्टमेन्टको भूईतल्लाको प्रतिक्षालयमा बसिरहेका मानिस भाग्न खोजेका र भाग्ने क्रममा उनीहरुमाथि नै छुरा हानिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरु सो अपार्टमेन्टमा बसोबास गरिरहेका व्यक्ति भएको खुलेको छ । उनीहरुमध्ये पाँच स्थानीयलाई छुरा हानी घटनास्थलमै हत्या गरिएको थियो । यसरी मारिनेमा एकजना १३ वर्षीया बालिका पनि रहेकी छिन् ।

त्यसैगरी मारिनेमा दुई जना ७० वर्षका, एकजना ६० वर्षका नागरिक र अर्का एकजना ३० वर्षका रहेका खुलेको पनि समाचारमा जनाइएको छ ।

उनले सो अपार्टमेन्टमा लगाएको आगो करिब २० मिनेटपछि निभाइएको थियो । ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको थियो । उनले आफूले गल्ती गरेको स्वीकार गरेका छन् ।

उनी बेरोजगार व्यक्ति भएकोले उनमा निराशा रहेको देखिएको छ । प्रहरीले उनको स्वास्थ्य रिपोर्ट भेटेको र ती व्यक्तिमा मानसिक रोग रहेको पाइएको पनि अधिकारीले जानकारी दिएका छन् ।