
काठमाडौं । इन्डोनेशियाको राष्ट्रपतीय चुनावमा सत्तासीन राष्ट्रपति जोको विडोडो अगाडि देखिएका छन्। बुधबार सम्मन भएको चुनावका अनौपचारिक प्रारम्भिक परिणामअनुसार राष्ट्रपति जोको विडोडो ५६.७ प्रतिशत मतले अगाडि रहेका छन् ।
विडोडो प्रतिस्पर्धी प्राबोवो सुबिआन्तोको ४३.३ प्रतिशत मत आएको मत सर्वेक्षणले जनाएको छ ।
निर्वाचन आयोगले मे महिनाको पहिलो हप्तमा औपचारिक रूपमा चुनावी परिणाम सार्वजनिक गरिने जनाएको छ । इन्डोनेशियाको उक्त राष्ट्रपतीय चुनावमा १९ करोडभन्दा बढी मतदाताहरु सहभागिता भएका थिए ।









