
काठमाडौं । राप्रपाले धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको छ।
राप्रपाले शुक्रबार धर्म निरपेक्षताविरुद्ध ब्यानर र पोष्टर जलाउन लागेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
हिन्दु राष्ट्र पुनर्स्थापना लगायत २२ बुँदे माग राखेर विरोध कार्यक्रम गरिरहेको राप्रपा पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा बैशाख ८ गते राजमार्ग र चोकमा सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।









