६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले आज राजधानीको रत्नपार्कमा प्रदर्शन गर्दै, धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाइने



अ+ अ-

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) ले धर्मनिरपेक्षताविरुद्ध राजधानीमा प्रदर्शन गर्ने भएको छ । राप्रपाले आज नै धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको छ।

शुक्रबार दिउँसो २ बजे रत्नपार्कमा धर्म निरपेक्षताविरुद्ध ब्यानर र पोष्टर जलाउन लागेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

यो पनि पढ्नुहोस्

http://newspolar.com/2019/04/86996

राप्रपाका अध्यक्ष कमल थापाले विदेशीको दबाव र प्रभावमा धर्मनिरपेक्षताको व्यवस्था गरिएकाले त्यसको खारेजीका लागि दबाव दिन आज प्रदर्शन गर्न लागेको बताएका छन् ।

हिन्दु राष्ट्र पुनर्स्थापना लगायत २२ बुँदे माग राखेर विरोध कार्यक्रम गरिरहेको राप्रपा पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा बैशाख ८ गते राजमार्ग र चोकमा सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।