६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न



अ+ अ-

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनामा चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर ३ मा रहेको माडि माध्यामिक  विद्यालयमा आज भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, सुशासन , भ्रष्टाचारको कारण, असर भ्रष्टाचार नियन्त्रणमा विद्यार्थी शिक्षक तथा शैक्षिक क्षेत्रको भूमिकाको सम्बन्धमा जानकारी दिइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार विरुद्ध विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने रणनीति अनुसार चितवन जिल्लाको माडी क्षेत्रमा कार्यरत नागरिक समाज, शिक्षक, अभिभावक, विद्यार्थी र अन्य संघ संस्थालाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धी सचेतना र शिक्षा प्रदान गर्ने, आयोगको काम कारबाहीको बारेमा सहभागीहरूलाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

विद्यालयका करिब १०० जना विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितिमा सम्पन्न कार्यक्रममा अख्तियार अनुसन्धान दुरुपयोग आयोगको कार्यालय हेटौंडाका कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उपसचिव विष्णु सापकोटाले भ्रष्टाचार नियन्त्रणमा शैक्षिक संस्था तथा नागरिक समाजको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यालयका शाखा अधिकृत नर बहादुर आलेले भ्रष्टाचारको सैद्धान्तिक पक्ष र आयोगका काम कारबाहीको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा माडि नगरपालिकाका वडाध्यक्ष पुरन महतोले कार्यक्रममा मन्तव्य राख्दै भ्रष्टाचार नियन्त्रण सम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्ता प्रवर्द्धनात्मक कार्यक्रमको संख्यालाई थप गर्दै जानु पर्ने बताउनु भयो । कार्यक्रममा विद्यालयका  विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय भद्र भलादमी, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरू समेत गरी ८९ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिहरुले भ्रष्टाचार न्यूनिकरणका लागि यस्ता खालका सचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्ने तथा भ्रष्टाचारलाई जैरेदेखि निमुल पार्न सबैले पहल गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।

यसै गरी सहभागि विद्यार्थी मध्येबाट कक्षा १० का छात्रा करुणा विक  र सोही कक्षाका विद्यार्थी शिव सुवेदीले बाल मष्तिष्कमा भ्रष्टचारको बारेमा अन्योलको अवस्थालाई यस कार्यक्रमले  स्पष्ट पारेको बताउँदै कार्यक्रमका आयोजकलाई धन्यवाद दिँदै यस्ता खालका कार्यक्रमहरूले निरन्तरता पाउनु पर्ने बताउनुभएको थियो ।