५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र रुसबीच सम्झौता, राष्ट्रपति पुटिन आज भारत आउदै



अ+ अ-

नयाँ दिल्ली । भारत र रुसका बीचमा सोमबार विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विशेष गरेर सैनिक सेवाका लागि आवश्यक पर्ने कामका लागि सहयोग र सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंह र रुसका समकक्षी सेर्गेइ शोयगुको सहभागीतामा भएको बैठकपछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

“भारतलाई रुसले गरेको बलियो सहयोगको भारत गहिरोसँग स्वागत गर्दै धन्यवाद ज्ञापन गर्दछ,” भारतका विदेश मन्त्री सिंहले भन्नुभयो ।  भारत र रुसकाबीचमा भएको सहयोग र सहकार्यको आदानप्रदानको सम्झौताले यस क्षेत्रमा शान्ति र स्थीरता स्थापना गर्न सहयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “रुसी समकक्षीसँगको भेटवार्ता अत्यन्त उपलब्धीमुलक र उपयोगी भयो ।” 

भारतले रुससँगको सहकार्य र सम्झौतालाई विशेष महत्वका साथ लिएको र रणनीतिक साझेदारको रुपमा बुझेको उहाँको भनाई छ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भारत भ्रमणमा आउन लागेकै दिन भारत र रुसकाबीचमा यस्तो महत्वपूर्ण सम्झौता भएको हो । विदेश भ्रमण निकै कम गर्ने पुटिन भारत—रुस बार्षिक शिखर सम्मेलनमा सहभागी हुन सोमबार भारत आउन लाग्नु भएको छ । (रासस-एएनआई)