• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

धनुुषाको सिंगो गाँउ काग्रेसमा प्रवेश



काठमाडौं । नेपाली काग्रेसले धनुुषामा राजपालाई रित्याएको छ । कांग्रेसले दर्जनौ नेता कार्यकर्ता पार्टीमा प्रबेश गराएको हो ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नगराईन नगरपालिका वडा नं ५ मा राजपाका ७५ जनालाई नेपाली कांग्रेसमा भित्र्याएका छन्।

राजपाका हर्षनारायण झाको नेतृत्वमा पार्टी प्रबेश गरेकाहरुलाई पार्टीको सदस्यता प्रदान गरेका थिए। राजपा छाडेर कांग्रेस प्रबेश गरेका स्थानीय नेता तथा कार्यकर्तालाई लोकतन्त्रका पक्षमा निरन्तर खबरदारी गर्न उपसभापति निधिले आग्रह गरे।