२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय शैय्याको अस्पताल हुनेले नर्सिङ् पढाउन पाउनेः मन्त्री पौडेल



अ+ अ-

चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एकसय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ्  पढाउन पाउने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताउनुभएको हो ।

आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा  आफ्नै स्वामित्वमा रहेका कलेजले  एकसय शैय्याको अस्पताल बनाउन  पाउने उल्लेख गरिएको छ भन्दै उहाँले भन्नुभयो, “मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउछन् । अन्यको हकमा भने छलफल भइरहेको छ । ” 

मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शैय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको मन्त्री पौडेलको भनाइ थियो ।पिसिएल नर्सिङ्को  अध्ययन विसं २०८० बाट खारेज गर्ने भनिएकाले  अब यसलाई सञ्चालन गर्न नसकिने जानकारी दिनुभयो ।