१३ असार २०८३, शनिबार
,
Latest
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघलाई मुस्लिम समुदायको चासो



अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ । 

मंगलबार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधी मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरुको सम्बन्धमा चासो व्यक्त गरेको हो । 

संयुक्त राष्ट्रसंघको चरम गरिबी र मानव अधिकार हेर्ने विशेष टोलीको संयोजक ओलीभर डे स्कटरको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले आयोगले गरिरहेको काम, मुस्लिम समुदायको शिक्षाको अवस्था, भुगोल अनुसार बसोबासको अवस्था लगायतको विषयमा जिज्ञासा राखेको आयोगका अध्यक्ष अन्सारीले बताउनुभयो । भेटको क्रममा आयोगका अध्यक्ष अन्सारीले आयोगले गरिरहेको काम र मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा जानकारी गराउनुभएको थियो । 

भेट बारे आयोगका अध्यक्ष अन्सारीले भन्नुभयो – ‘मुस्लिम आयोगले मुस्लिम समुदायको उत्थान र विकासको, त्यसको सशक्तीकरणको बारेमा जुन हाम्रो टिओआर छ, त्यो भित्र रहेर हामीले विभिन्न रिसर्चहरु गर्ने काम गरिरहेका छौँ । बढीभन्दा बढी शिक्षा क्षेत्रमा मुस्लिम समुदायलाई सामेल गराउनको लागि शिक्षाबाट बञ्चित भएका महिला, बालबालिकालाई बढीभन्दा बढी स्कुल मदरसामा हामीले पढाउनका लागि जुन प्रयास, कोसिस गरिरहेका छौँ यि लगायतका विषयमा कुरा उठ्यो । २०७८ सालको जनगणनामा बढीभन्दा बढी मुस्लिम समुदायलाई सहभागी हुन हामीले अपिल गरेका थियौँ । विभिन्न जिल्लामा कार्यक्रम गरेको थियौँ । यि सबै कामहरुको बारेमा हामीले जानकारी गरायौँ ।’

प्रतिनिधी मण्डलले नेपालको मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा सन् २०२२ मा जेनेभामा हुने सम्मेलनमा रिपोर्ट पेश गर्ने बताएको आयोगका अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।