६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

८५ वर्षीय जापानी राजा अकिहितोद्धारा गद्दी त्याग गर्ने घोषणा



अ+ अ-

काठमाडौं । ८५ वर्षीय जापानी राजा अकिहितोले गद्दी त्याग गर्ने घोषणा गरेका छन् । अकिहितोले उमेर र स्वास्थ्य समस्याका कारण आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्न कठिन रहेको भन्दै गद्दीत्यागको घोषणा गरेका हुन् ।

जापानी राजसंस्थाको दुई सय वर्षको इतिहासमा उनी गद्दी त्यागको घोषणा गर्ने पहिलो राजा हुन् । उनले मंगलबार जापानी राजदरबारमा कुल देवताको विधिपूर्वक पूजा गरी गद्दीत्यागको घोषणा गर्नेछन् । गद्दीत्याग समारोह सामान्य रुपमा १० बजेपछि सुरु हुनेछ । गद्दीत्याग समारोह राजदरबारको मात्सु नो मा स्टेट हलमा हुने अनुमान गरिएको छ ।

गद्दीत्याग समारोहमा राजा अकिहितोले राजाका रुपमा आफ्नो अन्तिम संबोधन गरेपछि छोरा राजकुमार नारुहितोले राज्याभिषेक गर्नेछन् । राजा अकिहितो रोग तथा प्रकोपपीडित जनतासँग प्रत्यक्ष संवाद गर्ने बानीका कारण जापानमा शक्ति आर्जन गरेका थिए ।