काठमाडौं । लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको छ । एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेञ्चनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७० बिन्दुले घटेर एक हजार २९८.६० बिन्दुमा पुगेको छ ।
कारोवार रकम पनि आइतबार, सोमबारको तुलनामा घटेको छ । अर्ब माथिको कारोवार घटेर रु ९५ करोडमा झरेको छ । कूल १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता शेयर रु ९५ करोड ८६ हजार ९३६ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता रु एक हजार २७१ मूल्यमा रु १६ करोड सात हजार २५८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता दोस्रो स्थानमा रहेको छ ।