काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेपछि नेपालमा पनि यसको प्रभाव परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुन प्रति तोला २ सय रुपैयाँले घटेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर ७ सय २५ रुपैयाँमा कारोबार भएको छ ।