१४ आश्विन २०८१, सोमबार
,
Latest
पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस २० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासो: मेयर बालेनले वास्तै गरेनन् टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि ‘बब्बाल’ च्वाइस फोन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपश्चिम विश्वविद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने



सत्यमोहन जोशी (फाईल तस्बिर)
अ+ अ-

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ ।

विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानस्वरुप मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने निर्णय गरेको हो । काठमाडौँमा दीक्षान्त समारोह आयोजना गरी जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा. नन्दबहादुर सिंहले वरिष्ठ संस्कृतिविद् जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने औपचारिकपत्र हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो ।

उपकुलपति सिंहका अनुसार जोशीको नेतृत्वमा कर्णालीको लोक संस्कृति, लोकवार्ता र इतिहासको अध्ययन, अनुसन्धानमा सहयोग पुर्‍याउने अन्य चार जनालाई पनि विश्वविद्यालयले सम्मान गर्ने छ । बिहारीकृष्ण श्रेष्ठ, स्वर्गीय प्रदीप रिमाल, स्थिरजङ्गबहादुर सिंह र चुडामणि बन्धुलाई कदरपत्र प्रदान गरिनेछ । (रासस)