२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि, खाने र बस्ने खर्चको व्यवस्थापन आफैँ गर्नुपर्ने



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आगामी पुस ११–१३ गतेसम्म काठमाडौंमा हुँदैछ । 

जसका १५ सय प्रतिनिधि हुने भएका छन् । माओवादीले प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्नेछ भने १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने जनाएको छ ।

यस्तै, प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते र अपांगता भएकालाई प्रतिनिधि चयन गर्नुपर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको आन्तरिक परिपत्रमा भनिएको छ ।

परिपत्रका अनुसार केन्द्रीय दस्यहरू स्वतः सम्मेलनका प्रतिनिधि हुनेछन् । प्रत्येक केन्द्रीय विभागबाट ३र३ जना प्रतिनिधि छानिँदा केन्द्रीय कार्यालयबाट ५ प्रतिशत प्रतिनिधि मनोनीत हुनेछन् । 

राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवम् प्रतिनिधिहरूलाई प्रतिनिधि शुल्क २ हजार तोकिएको छ । 

सबै प्रतिनिधिहरुले खाने, बस्नेलगायतका खर्चको व्यवस्थापन आफैं गर्नु पर्नेछ । प्रतिनिधिहरूको सबै व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेशको मातहतमा हुने बताइएको छ ।