८ भाद्र २०८३, सोमबार
,
Latest
बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी महिलाको दाबीः मलाई थाहा हुन्छ कसको मृत्यु हुँदैछ



अ+ अ-

काठमाडौं । एक मनोवैज्ञानिकले सुँघेर नै कसको मृत्य हुँदैछ भन्नेबारे थाहा पाउने दाबी गरेकी छिन् । तर आफ्नो यो क्षमतालाई ‘बेकार’ को संज्ञा दिँदै मृत्यु हुने व्यक्तिलाई बचाउन नसक्ने जानकारी दिएकी छिन्। अष्ट्रेलियाको न्यू साउथ वेल्समा बस्ने अरी काला, २४, ले व्यवसायिक मनोवैज्ञानिकको रुपमा स्थापित हुनुअघि सेक्रेटरीको आफ्नो ९-५ को जागिर गत वर्ष छोडिन् । एउटै काम गर्दा डिप्रेशनमा परकाले उनले उक्त जागिर छोडेको जानकारी दिइन्।

अरीका अनुसार उनलाई आफ्नो ‘छेटौं इन्द्रिय’ बारे त्यतिबेला थाहा भयो जब उनी १२ वर्षकी थिइन् । त्यतिबेला उनी आफ्ना बिरामी काकालाई भेट्न जाँदा अचम्मको गन्ध महसुस भएको जुन उनका परिवारका अन्य सदस्यले थाहा पाउन नसकेको जानकारी दिइन् । त्यसपछि अरीले अन्य व्यक्तिबाट पनि त्यस्तै गन्ध महसुस गरिन् जसको केही दिनभित्रै मृत्यु भयो।

बचाउन सक्दिनन् अरुको ज्यानः अरीका अनुसार यो ‘छेटौं इन्द्रिय’ हुँदाहुँदै पनि मृत्यु हुन लागेका व्यक्तिलाई उनले बचाउन सक्दिनन् । अरी भन्छिन्, ‘मलाई थाहा छैन, मैले यो आफ्नो शक्तिलाई के गरुँ । मलाई थाहा हुन्छ, को मर्दैछ । तर म उसलाई जानकारी दिन्नँ किनभने यस्तो गर्नु सही होइन भन्ने लाग्छ । मैले यस्तो गर्दा कस्तो नतिजा भोग्नु पर्ला भन्ने डर लाग्छ, मानिसहरुले के सोच्लान् । मैले नियतीसँग खेलवाड गर्नु हुँदैन ।’

हरेक व्यक्तिसँग हुन्छ यस्तो शक्तिः अरीका अनुसार हरेक व्यक्तिमा यस्तो कुनै न कुनै शक्ति हुन्छ तर बाल्यकालमा सामाजिक दबाब वा पालन–पोषणको तरिकाले यो सधैंका लागि दबिने गर्छ ।

अब मानिसहरुलाई दिइरहेकी छिन् तालिमः अरीले अब अन्य थुप्रै महिलालाई मनोविज्ञानको तालिम पनि दिने गरेकी छिन् । उनले २५ देखि ४५ वर्षका महिलालाई आफ्नो मनोवैज्ञानिक शक्तिलाई राम्रो काममा कसरी प्रयोग गर्नेबारे भन्ने सिकाउँछिन् । सोसल मिडियामा आफूले नकारात्मक कमेन्ट पाउने गरेको पनि उनले जानकार दिइन् । यसबारे उनी भन्छिन्, ‘तर मैले आफू भिन्न भएको कुरालाई स्विकार गरिसकेको छु । सोसल मिडियामा नकारात्मक कमेन्ट आउँदा हाँसेरै बिर्सिदिन्छु।’ एजेन्सी




भर्खरै