६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी हाम्रो लागि ठूलो चुनौती हुन् : क्लोप



अ+ अ-

काठमाडौं । लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले मेस्सीले च्याम्पियन्स लिगको ट्रफी नाउ क्याम्पमा ल्याउने प्रण गरेका ठूलो चुनौती भएको बताए ।

उनले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनासँग खेल्दा आफ्नो टिमले पीडा भोग्नसक्ने बताए ।

बुधबारको खेल अघि लिभरपुलका प्रशिक्षक क्लोपले भनेका छन्, ‘बराबरी खराब रिजल्ट हुँदैन । हामी त्यसका लागि खेल्दैनौं तर, त्यसो भएपनि ठीकै हुनेछ ।’

बार्सिलोनाको पनि पछिल्ला केही वर्ष च्याम्पियन्स लिगमा प्रदर्शन राम्रो रहेको छैन । तर, यो सिजन ला लिगाको उपाधि जितिसकेको उसले च्याम्पियन्स लिग अन्तरगत घरेलु मैदानमा भएको ३१ खेलमा हार व्यहोरेको छैन ।

लिभरपुल भने प्रिमियर लिगको उपाधि होडमा म्यानचेष्टर सिटीलाई टक्कर दिइरहेको छ ।

लिभरपुल र बार्सिलोना ५– ५ पटक युरोपियन च्याम्पियन बनेको छ । तर, बार्सिलोनाले ५ मध्ये चार उपाधि पछिल्लो १३ वर्षमा जितेको हो भने लिभरपुलको सफलता १९८४ बाट सुरु भयो र अन्तिम पटक २००५ मा जितेको थियो ।