१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि, खाने र बस्ने खर्चको व्यवस्थापन आफैँ गर्नुपर्ने



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आगामी पुस ११–१३ गतेसम्म काठमाडौंमा हुँदैछ । 

जसका १५ सय प्रतिनिधि हुने भएका छन् । माओवादीले प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्नेछ भने १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने जनाएको छ ।

यस्तै, प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते र अपांगता भएकालाई प्रतिनिधि चयन गर्नुपर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको आन्तरिक परिपत्रमा भनिएको छ ।

परिपत्रका अनुसार केन्द्रीय दस्यहरू स्वतः सम्मेलनका प्रतिनिधि हुनेछन् । प्रत्येक केन्द्रीय विभागबाट ३र३ जना प्रतिनिधि छानिँदा केन्द्रीय कार्यालयबाट ५ प्रतिशत प्रतिनिधि मनोनीत हुनेछन् । 

राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवम् प्रतिनिधिहरूलाई प्रतिनिधि शुल्क २ हजार तोकिएको छ । 

सबै प्रतिनिधिहरुले खाने, बस्नेलगायतका खर्चको व्यवस्थापन आफैं गर्नु पर्नेछ । प्रतिनिधिहरूको सबै व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेशको मातहतमा हुने बताइएको छ ।