१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश समृद्ध बनाउनुपर्छ भन्दा कांग्रेसका नेताहरुको छाती पोल्यो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्ध बनाउनुपर्छ भन्दा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको छाती पोल्ने गरेको आरोप लगाएका छन् । उनले नेपाली जनता सुखी हुनुपर्छ भन्दा अरुको छाति पोल्ने गरेको बताए ।

राजधानीको भृकुटीमण्डपमा पार्टीनिकट मजदुर संगठनको सभालाई बुधवार सम्बोधन गर्दै ‘देश समृद्ध बनाउँ भन्दा छाती किन पोलेको होला?’ उनले भने, ‘नेपाली जनता सुखी हुनै पर्छ। दु:खको दिन अन्त्य गरिन्छ।’

उनले नेपालमा जस्तो मजदुर, रोजगारदाता र सरकारबीच मेलमिलाप अन्यन्त्र नपाइने दाबी छ।प्रधानमन्त्री ओलीले मुलुकले सुशासन र विकास खोजेको बताए।