६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश समृद्ध बनाउनुपर्छ भन्दा कांग्रेसका नेताहरुको छाती पोल्यो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्ध बनाउनुपर्छ भन्दा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको छाती पोल्ने गरेको आरोप लगाएका छन् । उनले नेपाली जनता सुखी हुनुपर्छ भन्दा अरुको छाति पोल्ने गरेको बताए ।

राजधानीको भृकुटीमण्डपमा पार्टीनिकट मजदुर संगठनको सभालाई बुधवार सम्बोधन गर्दै ‘देश समृद्ध बनाउँ भन्दा छाती किन पोलेको होला?’ उनले भने, ‘नेपाली जनता सुखी हुनै पर्छ। दु:खको दिन अन्त्य गरिन्छ।’

उनले नेपालमा जस्तो मजदुर, रोजगारदाता र सरकारबीच मेलमिलाप अन्यन्त्र नपाइने दाबी छ।प्रधानमन्त्री ओलीले मुलुकले सुशासन र विकास खोजेको बताए।