६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

७१ किलो गाँजाका मालिकसहित ट्रक चालक पक्राउ



अ+ अ-

हेटौंडा । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले ७१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट चन्द्रपुरका २६ वर्षीय गौरीशंकार यादव र ट्रक चालक २७ वर्षीय कर्णबहादुर हमाल रहेको मकवानपुरका एसपी मुकेशकुमार सिंह बताएका छन् ।

मकवानपुरका एसपी सिंहका अनुसार गौरीशंकार यादव गाँजाका मालिक हुन् । उनिहरुले उक्त गाँजा हेटौंडाको नारायणगढ सडकखण्डस्थित लेवटबाट एक लाखमा खरिद गरेर ल्याएका थिए ।

यादवले ना ५ ख ८१६४ नम्बरको ट्रकको क्याविन मुनि गाँजा लुकाएका थिए । उनको साथबाट ३० हजार रुपैयाँ नगद पनि बरामाद गरेको छ ।