६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : दिल्लीले चेन्नईको सामना गर्दै, सन्दीप प्लेइङ–११ मा पर्ने सम्भावना न्यून



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमिएर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङसको सामना गर्ने भएको छ ।

लिगको शीर्षस्थान रहेको दिल्ली र दोस्रो स्थानमा रहेको चेन्नाई चेन्नईको घरेलु मैदानमा हुने खेलमा चेन्नई दिल्लीलाई हराउँदै शीर्ष स्थानमा पुग्ने रणनीतिमा छ ।

१२ खेल मध्ये दिल्लीले ४ खेलमा हार बेहोरेको दिल्ली १६ अंकका साथ अहिले शीर्ष स्थानमा छ । समान खेलबाट समान नतिजा निकालेको चेन्नई रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

दिल्लीले आजको खेलमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने प्लेइङ–११ मा समावेश गर्ने सम्भावना न्यून छ । यसअघि रोयल च्यालेन्जर्स बेङलोरविरुद्ध सन्दीप महंगा साबित भएका थिए ।

खेल बेलुका ८ः१५ बजे सुरु हुनेछ ।