६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग ‘महाभिडन्त’ : बार्सिलोना र लिभरपुल आज भिड्दै, दुवै फाइनल पुग्ने दाउमा



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा आज स्पेनिस क्लब बार्सिलोनाले इङ्लिस क्लब लिभरपुलको सामना गर्दैछ ।

यस सिजनको प्रतियोगिताका उपाधिका प्रमुख दुई दाबेदार टिमको खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । दोस्रो लेगको खेल लिभरपुलको मैदानमा अर्को साता हुनेछ ।

गत बर्ष रियल मड्रिडसँग पराजित भएर उपाधि बिहीन बनेको लिभरपुर लगातार दोस्रो सिजन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ ।

आजको खेलमा लुईस स्वारेन र फिलिप्पे काउटिन्हो मूख्य आर्कषको केन्द्र बन्ने छन् । लिभरपुलका पूर्ब खेलाडी समेत रकेका यिनीहरुले बार्सिलोनाका लागि कतिको देल देखाउने हुन् चासोको बिषय बनेको छ ।

यता लिभरपुलका फरवार्ड मोहम्मद सलाह, साडियो माने र रोर्बेटो फेर्मिनो पनि लयमा देखिएका छने । बार्सिलोनाका लागि यिनीहरु टाउको दुखाई बन्न सक्छन् ।

बार्सिलोनाले पहिलो क्वाटरफाइनलको खेलमा समग्रमा म्यानचेस्टर युनाइटेडलाई ४–० गोल अन्तरको पराजित गरेको थियो ।

यता, लिभरपुरलले क्वाटरफाइनलको खेलमा पोर्टोलाई समग्रमा ६–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थियो ।

यो खेल नेपाली समय अनुसार बुधबार राति १२ः ४५ बजेबाट सुरु हुनेछ ।