६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलकिपर क्यासिलासलाई हृदयघात, बाँकी रहेका खेलहरु नखेल्ने



अ+ अ-

काठमाडौँ । स्पेनिस राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान गोलकिपर इकर क्यासिलासलाई हृदयघात भएको छ ।

क्यासिलासआबद्ध पोर्चुगिज क्लब पोर्टोका अनुसार ३७ वर्षीय कासिलासको बुधबार विहान हृदयघात भएपछि उनलाई पोर्टोकै स्थानीय अस्पतालमा लगी आकस्मिक सल्यक्रिया सम्पन्न भएको छ ।

हृदयघात पछि क्यासिलास यस सिजन बाँकी रहेका खेलहरु नखेल्ने भएका छन् ।

प्रशिक्षणका क्रममा छातीमा दुखाइ महसुस गरेपछि प्रशिक्षक सर्जियो कोन्चेसाओसँग उनले मैदान छाडेका थिए । उनी उपचारपछि खतराको स्थितिबाट मुक्त भएको अस्पतालले जनाएको छ । उनले केहि साताको विश्रामपछि पूर्ण फिट हुने बुझिएको छ ।

२०१५ मा रियल म्याड्रिड छाडेपछि पोर्टोमा आबद्ध भएका कसिलास पहिलो रोजाईमा नियमित खेल्दै आएका छन् । उनले यस साता एभ्सविरुद्ध हुने खेलका लागि तयारी गरिरहेका थिए ।

पोर्टोका लागि अहिलेसम्म १५६ खेल खेलेका कसिलासले २०१७(१८ मा पोर्चुगलको लिग जितेका थिए ।