६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले पोलिटब्युरो गठन गर्ने, भागवण्डा टुङ्ग्याइसकेको दाबी



अ+ अ-

काठमाडौं । नेकपाले पोलिटब्युरो गठन गर्ने भएको छ। केन्द्रीय समितिको एकतिहाई हुने गरि १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन हुन लागेको हो।

आउँदो जेठ ३ गते तत्कालिन एमाले र माओवादी एकीकृत भएको एक बर्ष पुग्दैछ। नेकपाले एकताको एघार महिना पछि जिल्ला कमिटीको नेतृत्व टुङ्ग्याएको थियो। उसले पोलिटब्युरोको भागवण्डा टुङ्ग्याइसकेको नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताए।

पाण्डेका अनुसार साविकको एमालेले पोलिटब्युरो चयनका लागि मापादण्ड बनाइएको छ ।

तत्कालिन एमालेमा ६५ सदस्यीय पोलिटब्युरो थियो। त्यसमा थप १६ जना पोलिटब्युरो साविक एमालेले पाउने छ। ९९ सदस्यीय सचिवालय सदस्यमध्ये ६६ जनालेमात्र नेकपामा पोलिटब्युरो हुनपाउने छन्।

पूर्वमाओवादीबाट बरिष्ठताका आधारमा पोलिटब्युरो सदस्यका चयन गरिने छ। भागवण्डा अनुसार, साविकको एमालेबाट ८१ जना र माओवादीबाट ६६ जना पोलिटब्युरोमा चयन हुनेछन्।

कोही विगतमा पटक पटक केन्द्रीय समितिमा रहेका र बीचमा नभएका रहेछन् भनेपनि उसले प्राथमिकता पाउने मापदण्ड बनेको छ, पाण्डेले भने, एक पटकको केन्द्रीय समिति कार्यकाल पूरा भएको र अहिले केन्द्रीय समितिमा रहेको व्यक्ति चयन गर्ने तयारी छ।’

अमेरिका भ्रमणमा रहेका बरिष्ठ नेता माधव नेपाल फर्किए लगत्तै पोलिटब्युरो घोषणा गर्ने तयारी नेकपाको छ।