१३ असार २०८३, शनिबार
,
Latest
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा बन्ने भयो पृथ्वीको ‘ब्ल्याक बक्स’



अ+ अ-

मेलबर्न । विमानको ब्ल्याक बक्सका बारेमा तपाईंले प्रायः सुन्नु भएको होला तर अब पृथ्वीको पनि ब्ल्याक बक्स बन्न गइरहेको छ । पृथ्वीको यो ब्ल्याक बक्सले जलवायु परिवर्तन र अन्य मानव निर्मित खतराहरू रेकर्ड गर्नेछ। यससँगै मानव सभ्यताको पतनको कथा पनि लेखिनेछ । यो ब्ल्याक बक्स करिब ३२ फिट लामो हुनेछ र कहिल्यै टुट्न नसक्ने स्टीलको बनाइनेछ। यो अस्ट्रेलियाको तस्मानियामा बन्नेछ ।

यो स्टिलको ब्ल्याक बक्सलाई हार्ड ड्राइभले भरिनेछ जसमा पृथ्वीको विनाशको पूर्ण विवरण ‘बिना पूर्वाग्रह’ रेकर्ड गरिनेछ। यो ब्ल्याक बक्सले जलवायुको तापक्रम, समुद्रको सतह, जलवायुमा कार्बनडाइअक्साइडको मात्रा र अन्य धेरै कुराहरूबाट तथ्याङ्क सङ्कलन गर्नेछ, जसले मानवजातिले जलवायु प्रकोपलाई रोक्न कसरी असफल भयो भन्ने कुराको दस्तावेजीकरण गर्नेछ। यो विमानमा जडान गरिएको ब्ल्याक बक्सजस्तै हुने अनुसन्धानकर्ताहरूले बताएका छन् । विमानमा भएको ब्ल्याक बक्सले विमानको स्थिति रेकर्ड गर्छ र दुर्घटना भएमा आवश्यक जानकारी दिन्छ।

सौर्य ऊर्जाबाट चल्ने 

यसैबीच यदि पृथ्वी ध्वस्त भयो र यसमा कोही बाँचे भने, त्यो व्यक्तिले यो ब्ल्याक बक्स कसरी प्रयोग गर्ने हो भन्नेबारेमा  वैज्ञानिकहरू अझै  काम गरिरहेका छन् । मानवको सानो समूह मात्र बाँच्न सक्छ र उनीहरूले कसरी ठूलो आगो, बाढी र खडेरीले मानव सभ्यताको अन्त्य ल्यायो भन्नेबारेमा थाहा पाउन सक्षम हुनेछन् भन्ने विश्वास गरिन्छ । सौर्य ऊर्जाबाट चल्ने यो बक्सको मूल्य कति पर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

यो ब्ल्याक बक्सको निर्माण सन् २०२२ को मध्यबाट सुरु हुँदैछ । यो सन् १९६८ को फिल्म  ‘२००१ : ए स्पेस ओडिसी’ मा देखाइएको ब्ल्याक मोनोलिथसँग मिल्दोजुल्दो हुने बताइएको छ । यो परियोजनालाई मार्केटिङ कम्पनी क्लेमेन्जरले बीबीडीओ युनिभर्सिटी अफ तस्मानियाको सहयोगमा बनाइरहेको छ । पृथ्वीमा आगामी वर्षहरूमा मानव सभ्यता समाप्त भएमा बाँच्नेहरूले यसबाट के भयो भन्ने थाहा पाउन् भन्ने आफ्नो उद्देश्य रहेको कम्पनीले बताएको छ । 

ब्ल्याकबक्सका लागि तस्मानिया छनोट गर्नुपर्ने कारण

माल्टा, नर्वे र कतारमा पनि यो ब्ल्याक बक्स राख्ने विषयमा छलफल भएको थियो तर तस्मानियाको भूराजनीतिक र भौगोलिक स्थिरता राम्रो रहेको पाइएको थियो । तस्मानियामा सूर्य उदाउँदा सौर्य ऊर्जाको सहायताले वैज्ञानिक डाटा रेकर्ड गरिने बताइएको छ । यसमा समुद्री सतह, तापक्रम, महासागरको अम्लीयकरण, कार्बन डाइअक्साइड, जीवहरूको विलुप्तता, विश्वका विभिन्न ठाउँमा भू–उपयोगमा हुने परिवर्तन आदि पर्छन्।