२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायधीश राणा बिरुद्ध १७ बुँदे आरोपपत्र बोकेर बारको टोली ओली निबासमा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाअभियोग लगाई हटाउन सहयोग माग गर्दे नेपाल वार एशोसिएशनको टोलीले प्रमुख प्रतिपक्षीदलका नेता एबं नेकपा एमालेका अध्यक्ष केपी ओली निबासमा पुगेको छ ।

बारको टोलीले राणा माथी १७ बुँदे आरोप पत्र ओलीलाई बुझाउदै महाभियोगबाट हटाउन  सहयोग मागेका छन् । ओलीलाई बारको अभियानका बारेमा जानकारी गराउदै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारले मात्र राणा हटाउन नसक्ने हुँदा प्रमुखप्रतिपक्षदलका नेताको सहयोग आबश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘हामीले अन्य दलहरुसँग पनि भेटेर अनुरोध गर्‍यौं, उहाँहरुले न्यायालयको समस्या न्यायालयभित्रैबाट सल्भ होस् भन्नुभयो, तर यो समस्या न्यायालयभित्रैबाट सल्भ हुनसक्ने अवस्था छैन’ ।

उनले भने, ‘उहाँले म जसरी नियुक्त भएँ, त्यसरी नै जान्छु भन्नुहुन्छ, लिसोजस्तो टाँसिएको टाँसियै हुनुहुन्छ ।’ श्रेष्ठले अगाडी भन्नुभयो ‘या त उहाँले राजीनामा दिनुपर्‍यो, कि त महाभियोग लगाउनुपर्‍यो’ उनले ओलीलाई भने, ‘उहाँको हातमा सबै दलीय व्यवस्था रहनु उचित हो रु निकासको लागि गम्भीरतापूर्वक विचार होस् ।’