१४ आश्विन २०८१, सोमबार
,
Latest
पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस २० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासो: मेयर बालेनले वास्तै गरेनन् टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि ‘बब्बाल’ च्वाइस फोन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायधीश राणा बिरुद्ध १७ बुँदे आरोपपत्र बोकेर बारको टोली ओली निबासमा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाअभियोग लगाई हटाउन सहयोग माग गर्दे नेपाल वार एशोसिएशनको टोलीले प्रमुख प्रतिपक्षीदलका नेता एबं नेकपा एमालेका अध्यक्ष केपी ओली निबासमा पुगेको छ ।

बारको टोलीले राणा माथी १७ बुँदे आरोप पत्र ओलीलाई बुझाउदै महाभियोगबाट हटाउन  सहयोग मागेका छन् । ओलीलाई बारको अभियानका बारेमा जानकारी गराउदै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारले मात्र राणा हटाउन नसक्ने हुँदा प्रमुखप्रतिपक्षदलका नेताको सहयोग आबश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘हामीले अन्य दलहरुसँग पनि भेटेर अनुरोध गर्‍यौं, उहाँहरुले न्यायालयको समस्या न्यायालयभित्रैबाट सल्भ होस् भन्नुभयो, तर यो समस्या न्यायालयभित्रैबाट सल्भ हुनसक्ने अवस्था छैन’ ।

उनले भने, ‘उहाँले म जसरी नियुक्त भएँ, त्यसरी नै जान्छु भन्नुहुन्छ, लिसोजस्तो टाँसिएको टाँसियै हुनुहुन्छ ।’ श्रेष्ठले अगाडी भन्नुभयो ‘या त उहाँले राजीनामा दिनुपर्‍यो, कि त महाभियोग लगाउनुपर्‍यो’ उनले ओलीलाई भने, ‘उहाँको हातमा सबै दलीय व्यवस्था रहनु उचित हो रु निकासको लागि गम्भीरतापूर्वक विचार होस् ।’