काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाअभियोग लगाई हटाउन सहयोग माग गर्दे नेपाल वार एशोसिएशनको टोलीले प्रमुख प्रतिपक्षीदलका नेता एबं नेकपा एमालेका अध्यक्ष केपी ओली निबासमा पुगेको छ ।
बारको टोलीले राणा माथी १७ बुँदे आरोप पत्र ओलीलाई बुझाउदै महाभियोगबाट हटाउन सहयोग मागेका छन् । ओलीलाई बारको अभियानका बारेमा जानकारी गराउदै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारले मात्र राणा हटाउन नसक्ने हुँदा प्रमुखप्रतिपक्षदलका नेताको सहयोग आबश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘हामीले अन्य दलहरुसँग पनि भेटेर अनुरोध गर्यौं, उहाँहरुले न्यायालयको समस्या न्यायालयभित्रैबाट सल्भ होस् भन्नुभयो, तर यो समस्या न्यायालयभित्रैबाट सल्भ हुनसक्ने अवस्था छैन’ ।
उनले भने, ‘उहाँले म जसरी नियुक्त भएँ, त्यसरी नै जान्छु भन्नुहुन्छ, लिसोजस्तो टाँसिएको टाँसियै हुनुहुन्छ ।’ श्रेष्ठले अगाडी भन्नुभयो ‘या त उहाँले राजीनामा दिनुपर्यो, कि त महाभियोग लगाउनुपर्यो’ उनले ओलीलाई भने, ‘उहाँको हातमा सबै दलीय व्यवस्था रहनु उचित हो रु निकासको लागि गम्भीरतापूर्वक विचार होस् ।’