१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मतीको उपसभापतिमा बस्नेत र महर्जन



अ+ अ-

मकवानपुर । नेपाली काँग्रेसको १४ महाधिवेशनअन्तर्गत गत शनिबार सम्पन्न भएको वाग्मती प्रदेशको निर्वाचनमा उपसभापतिद्वयमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ । बस्नेत र महर्जनले  क्रमशः एक हजार ५९ र एक हजार ३७ मत ल्याउनुभयो । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतमले १ हजार ४ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ८ सय ३९ प्राप्त गर्नुभयो । 

महामन्त्रीमा कञ्चनचन्द्र बादेले ९९५ र राजु श्रेष्ठले ९१० मत ल्याएर विजयी हुनुभयो । सो पदका लागि छ जनाको उम्मेदवारी परेकामा माइकल रामचन्द्र अर्यालले ८९९, तिलकप्रसाद रुवारीले ७६०, गौरीप्रसाद दवाडीले १८८ र सुरेश श्रेष्ठ ले १६३ मत पाउनु भएको थियो । महिलातर्फको सहमहामन्त्रीमा जीवन डङ्गोल ९४९  मत ल्याएर विजयी हुनुभयो । सो पदका लागि निर्मला बस्ताकोटी, निरु खड्का, मोतिमाया तामाङ प्रतिस्पर्धी हुनुहुन्थ्यो । 

खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी हुनुभयो । सभापतिमा भने इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको यस अघि नै घोषणा भइसकेको थियो  ।