२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन बारले माग्यो एमालेको सहयोग



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागलाई मुख्य अजेण्डा बनाएर आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले राणाविरुद्ध महाअभियोग लगाउन प्रमुख विपक्षी दल एमालेको सहयोग मागेको छ । 

राणाविरुद्ध महाअभियोग दर्ताका लागि सहयोग गर्न भन्दै बारका पदाधिकारीले मंगलबार एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् । 

बारका पदाधिकारीहरु ओलीलाई भेट्न मंगलबार उनको निजी निवास बालकोट पुगेका छन् । 

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले एमालेको सहयोग बिना महाअभियोग पारित हुन नसक्ने अवस्था रहेकाले महाअभियोग पारितका लागि सहयोग गर्न आग्रह गरेका छन् ।