१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन बारले माग्यो एमालेको सहयोग



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागलाई मुख्य अजेण्डा बनाएर आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले राणाविरुद्ध महाअभियोग लगाउन प्रमुख विपक्षी दल एमालेको सहयोग मागेको छ । 

राणाविरुद्ध महाअभियोग दर्ताका लागि सहयोग गर्न भन्दै बारका पदाधिकारीले मंगलबार एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् । 

बारका पदाधिकारीहरु ओलीलाई भेट्न मंगलबार उनको निजी निवास बालकोट पुगेका छन् । 

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले एमालेको सहयोग बिना महाअभियोग पारित हुन नसक्ने अवस्था रहेकाले महाअभियोग पारितका लागि सहयोग गर्न आग्रह गरेका छन् ।