३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले अमेरिका दवाबमा, परीक्षण बन्द गर्न ट्रम्पको आग्रह



अ+ अ-

काठमाडौं । उत्तर कोरियाले पुनः छोटो दुरीका क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किमलाई परीक्षण रोक्न आग्रह गरेका छन् । पेनेन्सुएलाको होडोमा उत्तर कोरियाली नेता किमको उपस्थितिमा भएको परीक्षणपछि राष्ट्रपति ट्रम्पले किमलाई आफ्नो बाचा सम्झन आग्रह गरेका हुन् ।

जापनको नदीलाई लक्षित गरी सैन्य दस्ताको मनोबल बढाउन गरिएको भनिएको परीक्षणप्रति दक्षिण कोरियाले समेत संशयका साथ हेर्दै आएको छ । भियतनाम वार्ता विफल भएपछि ट्रम्पसँग असन्तुष्ट बनेका किम रुस भ्रमण सकाएसँगै क्षेप्यास्त्र परीक्षणमा ब्यस्त छन् ।

ट्रम्पले ट्वीट गर्दै किमलाई आफू उत्तरकोरियाली नागरिकको पक्षमा रहेको उल्लेख गर्दै विश्व अर्थतन्त्रमा ठूलो सहयोग गर्ने उत्तरकोरियाले आफ्नो परीक्षण बन्द गर्नु नै उत्तम हुने समेत सुझाव दिएका छन् ।

साथै किमलाई सिंगापुर वार्तामा गरिएको बचन पूरा गर्न स्मरण गराउँदै दुई देशबीच सम्झौता हुनेमा आफू ढुक्क रहेको समेत उल्लेख गरेका छन् । किमले पुनः परीक्षण सुरु गरेसँगै अमेरिका दबाबमा परेको छ ।