१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्य पन्थद्वारा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रकाश पन्थले पार्टीको १४औँ महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । उहाँले लोकतन्त्रवादी, अपाङ्गता अभियन्ता र पार्टीका कार्यकर्ताको हैसियतले महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभयो ।

पार्टीको ऐतिहासिक महाधिवेशनको सुखद अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै राष्ट्रियसभा सदस्यसमेत रहनुभएका नेता पन्थले अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानका लागि कार्यकर्ताको सदासर्वदा साथ सहयोग पाउँदै आएको अवगत गराउनुभएको छ ।

शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा जस्ता दर्जनौँ मुद्दा, सवाल अझै सम्बोधन र सुनिश्चित् हुन नसकेको उल्लेख गर्दै उहाँले संविधान र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि जोड दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिको आफ्नै कठिन भोगाइ र सिकाइलाई  कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न, अपाङ्गता भएका व्यक्तिको पहिचान गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र समाजका सबै क्षेत्रको साथ सहयोग जुटाई अपाङ्गता व्यक्तिको अधिकार प्राप्तिका लागि आफनो उम्मेद्वारी भएको उहाँले स्पष्ट पार्नुभयो ।