• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

मेयर रेणु दाहाल सडकमा, सुरक्षा सप्ताह उद्घाटन



चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक दुर्घटना न्यूनीकरणका लागि आजदेखि सडक सुरक्षा सप्ताह २०७६ शुरु गरेको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले उक्त सप्ताह शुभारम्भ गर्दै यसबाट सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयोे ।

जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढेको हो भन्दै उहाँले चापलाई व्यवस्थापन गर्न सक्नु पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । सप्ताहको पहिलो दिन आज नारायणगढको पुल्चोकदेखि चौबिस कोठीसम्म सरसफाइ, २४ गते दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना र्याली, २५ गते स्कुल कलेज सम्पर्क कार्यक्रम र सवारी चालक तथा परिचालकको स्वास्थ्य प्रशिक्षण, २६ गतेदेखि २८ गतेसम्म वडास्तरीय प्रशिक्षण अभियान, २७ गते स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तरक्रिया, २८ गते दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन र २९ गते समापन गरिने कार्यालयका नायब प्रहरी निरीक्षक कृष्णबहादुर ठकुरीले जानकारी दिनुभयो ।