३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

को हुन् ‘मिस्ट्री गर्ल’ जसले गर्दा कोहलीले गरे यस्तो हंगामा

को हुन् ‘मिस्ट्री गर्ल’ जसले गर्दा कोहलीले गरे यस्तो हंगामा
अ+ अ-

काठमाडौँ । समाजिक सञ्जालमा मानिसहरु चर्चामा आउन धेरै समय लाग्दैन । इन्टरनेटमा ‘विंक गर्ल’ को नामले चर्चामा आएकी प्रिया वारियरलाई त तपाईले सम्झिरहनु भएको होला । यस्तै एक युवती इण्डियन प्रिमियर लिग आइपीएलका कारण चर्चामा आएकी छिन् ।

आइपीएलमा आरसीबीको पक्षमा हुटिङ गर्न पुगेकी यी युवतीमाथि अहिले भारतीय मिडिया तथा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

यी ‘मिस्ट्री गर्ल’ जब टिभी स्कृनमा देखिइन् तव धेरै मानिस उनका फ्यान बने । आरसीबीले यो खेलमा सनराइजर्स हैदरबादमाथि जीत दर्ता गर्‍यो तर कोहली भन्दा धेरै यी युवतीको चर्चा सामाजिक सञ्जालमा भए । भारतीय क्रिकेट समर्थकहरुले यी युवतीलाई ‘नेशनल क्रश’ घोषित गरे ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यी युवतीको नाम दीपिका घोष हो र उनी बलिउडमा स्टाइलिष्ट छिन् । साथै उनी क्रिकेटकी फ्यान हुन् । ह्यासट्याग आरसीबीगर्लले पनि कयौं मिम्स पनि शेयर भएका छन् ।

कयौंले दिपिका खेल मैदानमा उपस्थित भएका कारण कोहलीको टीमले जितेको भन्दै सामाजिक सञ्जालहरुमा चर्चा गरिरहेका छन् र हरेक खेलमा उनलाई बोलाउनुपर्ने कतिपयको तर्क छ । कोहली र उनलाई जोडेर कयौं मिम्सहरुपनि बनेका छन् ।

त्यस्तै यस सिजनको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरका कप्तान विराट कोहली मात्र १६ रन बनाएर आउट भए। उनी सनराइजर्स हैदराबादका बलर खलील अहमदको बलमा विकेटकिपर ऋदिमान साहाबाट क्याचआउट भए।

कोहलीलाई आउट गरेपछि त्यसको खुशी खलिलले बडो अनौठो ढंगले मनाए। त्यसपछि आफूलाई आउट गर्ने खलिललाई विराटले पनि त्यतिकै छोडेनन्। उनले म्याच पछि खलिललाई उडाए।

कोहलीले खलिलको शैलीको नक्कल उतार्दै उडाए। यसक्रममा विराट राम्रैसँग हाँसे। उनको यो हर्कतमा बेङ्लोरका अन्य खेलाडीले पनि आफ्नो हाँसो रोक्न सकेनन्। यो देखेपछि खलील लाजले पानीपानी भए। र यसको भिडोयो सामाजिक संजालमा भाइरल भइरहेको छ।

यसैबिच वेस्टइन्डिजका ब्याट्सम्यानहरू जोन क्याम्पबेल र शाही होपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा साझेदारीको नयाँ रेकर्ड बनाएका छन्।

बंगलादेश, आयरल्याण्ड र वेस्ट इन्डिजबीच जारी त्रिदेशीय श्रृंखलाअन्तर्गत आइतबार भएको आयरल्याण्डविरूद्धको खेलमा यी ब्याट्सम्यानले पहिलो विकेटका लागि ३६५ रनको साझेदारी गरेका हुन्। उक्त साझेदारीका लागि क्याम्पबेलले १३७ बलमा ६ छक्कासहित १७९ र होपले १५२ बलमा १७० रन हाने।

यसअघि सन् २०१७ मा महिला क्रिकेटमा भारतकी पुनम राउत र दिप्ती शर्माले आयरल्याण्डविरूद्ध नै ३२० रनको साझेदारी गरेकी थिइन्। पुरूष क्रिकेटमा पाकिस्तानका इमाम उल हक र फकर जमनले २०१८ मा जिम्बाबेविरूद्ध ३०४ रनको साझेदारी गरेका थिए।

हिजोको खेलमा वेस्ट इन्डिजले ३ विकेट गुमाएर आयरल्याण्डलाई ३८२ रनको लक्ष्य दिएको थियो। ३४।४ ओभरमा आयरल्याण्डका सबै विकेट गुमेपछि वेस्ट इन्डिज १९६ रनले विजयी भयो।