• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै ★   कृषि विकास सहकारीका सञ्चालक तेज विक्रम थापासहित ४ जना पक्राउ ★   चितवनमा पेस्तोल देखाएर सुनचाँदी र नगद लुटपाट ★   अस्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित, इंग्ल्यान्ड सुपर आठमा ★   तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै ★   नेपालमा भएका अवसरमा मिलेर लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आह्वान ★   प्रधानमन्त्री दाहालले सम्झिए शहीद रीतबहादुर खड्काको योगदान ★   बेनी–पाखापानी सडक स्तरोन्नति सुरु ★   काठमाडौंमा आजदेखि दैनिक ४ घण्टा विजुली जाने ★   प्रतिनिधिसभामा आज तीन वटा मन्त्रालयको बजेटमाथि छलफल हुने

समाजवादी पार्टी नेपालमा श्रीमान अध्यक्ष श्रीमती उपाध्यक्ष



काठमाण्डौं । संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टीबीच एकीकरणपछि बनेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारी घोषणा गरिएको छ ।

एकतापछि बनेको पार्टीको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषदका अध्यक्षमा बाबुराम भट्टराई छन् ।

यस्तै वरिष्ठ नेतामा अशोक राई तथा सह-अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने उपाध्यक्षमा हिसिला यमी, रकम चेम्जोङ, नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रेणुकुमारी यादव, लालबाबु राउत र हेमराज राई छन् । यस्तै महासचिवमा रणध्वज कंङदङ्वा, गंगानारायण श्रेष्ठ र रामसहायप्रसाद यादव छन् ।