१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवानकै १७ हजार रोपनी जग्गा नै गायब



अ+ अ-

काठमाडौं । उग्रतारा मन्दिरको जग्गा विभिन्न व्यक्तिले कब्जा गर्ने क्रम बढेको छ । पञ्चायतकालमा १७ हजार रोपनी जग्गा भएको उग्रतारा मन्दिरसँग अहिले १ सय ८० रोपनी मात्रै बाँकी छ । मूल मन्दिर रहेको क्षेत्र नै ऐलानी जग्गामा परेको छ ।

जग्गाका विषयमा पटक पटक विवाद उत्पन्न भए पनि सरोकारवाला निकायले चासो नराख्दा व्यक्तिले हडप्ने क्रम बढेको हो । स्थानीय बासिन्दासँग विवाद पुनः सुरु भएपछि उग्रतारा क्षेत्र विकास समितिले त्यसको समाधानको प्रयास थालेको छ ।

पञ्चायतकालमा राई, भूमिराज, पोखरा र खलंगा गरी ४ वटा गाउँ पञ्चायतमा गरी मन्दिरका नाममा १७ हजार रोपनी जग्गा थियो । ‘१ सय ८० रोपनी चार किल्ला प्रमाणित गरी दर्ता प्रक्रियामा गएबाहेक मन्दिरका नाममा अरु जग्गा छैन।’ मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले भने, ‘मन्दिर रहेको पूरै क्षेत्र नक्सामा ऐलानी वनमा परेको छ ।’ यो समाचार कान्तिपुरमा प्रकाशित छ ।