१४ असार २०८३, आईतवार
,
Latest
कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम विवाह गर्न खोज्दा बुबा र दाइले जिउँदै जलाए युवतिलाई



अ+ अ-

काठमाडौं । भारतको मध्य प्रदेशको खन्डवा जिल्लाको खालवा तहसीलको ग्राम चैनपुरमा एक युवतीलाई उनका पीता र दाइले मट्टितेल हालेर जिउँदै जलाएका छन् । इज्जतको लागि भन्दै उनीहरुले प्रमे विवाह गर्न गएकी युवतिको हत्या गरेका हुन् ।

१९ वर्षीया युवति लक्ष्मी बाईआफ्ना प्रेमी राजकुमार लौवंशीका घरमा गएकी थिइन् । त्यहाँबाट उनका बुबाले उनलाई घिर्सादै घर ल्याएका थिए ।

प्रहरीका अनुसार त्यसपछि उनका पीता सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टितेल हालेर उनलाई जलाएका हुन् । सोही क्रममा उनले ज्यान गुमाएको हो । जलाउने बुबा र दाइलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् । जानकारी अनुसार ती विगत १० महिनादेखि दुवै युवा/युवति शुक्रबार कार्ट म्यारेज गर्ने तयारीमा थिए । तर केही गाँउलेहरु र उनको परिवारले भने उनी आफैले आत्महत्या गरेको दाबी गरिरहेका छन् ।