१८ माघ २०८१, शुक्रबार
,
Latest
अमेरिकाको हवाई दुर्घटनामा सबै ६७ जनाको मृत्यु सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेट बैठक बहिष्कार गरेका हौँः रास्वपा सांसद गौतम नेदरल्याण्ड्सले थाइल्याण्डलाई दियो एक सय २३ रनको लक्ष्य प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदको पुनः प्रवेश पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरु यो सरकारको मेन्युमा छैन: प्रधानमन्त्री सिक्लेसः प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो नवलपुरको सदरमुकाम निर्माण स्थलका रुख काटियो तोकिएको दिनभित्रै त्रिवि मैदानमा फ्लडलाइट सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छः प्रधानमन्त्री प्लास्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षतिको अनुमान ‘यो सरकार आउँदा धुलो उडिरहेको मुग्लीन–पोखरा सडक आज चिल्लो र आकर्षक भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिको गइरहेको विमान दुर्घटनाग्रस्त, १३ यात्रुको मृत्यु



अ+ अ-

काठमाडौं । अमेरिकाको लास भेगासबाट मेक्सिको गइरहेको एक विमान उत्तरी मेक्सिकोको दुर्गम पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै १३ यात्रीको मृत्यु भएको छ ।

सानो प्राइभेट जेट लास भेगासबाट आइतवार उडेको थियो । त्यसको भग्नावशेष कोआहुइला राज्यको ओकाम्पो नगरमा भेटिएको थियो ।

‘कोही पनि जीवित भेटिएनन्,’ कोआहुइला सरकारले वक्तव्य जारी गरेर जनायो ।

स्थानीय टेलिभिजन नेटवर्क मिलेनियोले विमानका जलेका भग्नावशेषको तस्वीर प्रसारण गरेको थियो । विमानका टुक्रा डढेको जमीनमा छरिएका थिए ।

मेक्सिकोका सञ्चारमाध्यमले विमानका यात्रुहरू मेक्सिकन बक्सर साउल कनेलो आल्भारेज र अमेरिकी बक्सर डेनियल जेकब्सबीच लास भेगासमा भएको बक्सिङ हेरेर फर्किरहेका थिए ।

मारिने यात्रुहरू १९ देखि ५७ वर्षसम्मको भएको मेक्सिकन सञ्चारमाध्यमले जनाएका छन् ।

क्यानडाको बम्बार्डियर इन्कले उक्त जेट च्यालेन्जर ६०१ भएको बताएको छ र विमान मोनक्लोभा शहरबाट २८० किलोमिटर पर दुर्घटनामा परेको जनाएको छ ।