एजेन्सी । युरोपमा कोरोना संक्रमण पुन बढेसँगै त्यसको असर प्रिमियर लिगमा पनि परेको छ । प्रिमियर लिग क्लब टोटेनहमका पहिलो रोजाईका ६ जना खेलाडीलाई कोरोना संक्रमण भएको हो ।
युरोपा कन्फ्रेन्स लिगका लागि तयारी गरिरहेको टोटेनहमका ६ जना प्रमुख खेलाडी, २ जना क्लब स्टाफलाई कोरोना संक्रमण भएको ‘द एथ्लेटिक’ले जनाएको छ ।
अन्य खेलाडीको पनि परीक्षण गरेको र रिपोर्ट आउने क्रम जारी रहेको उसले भनेको छ ।
कोरोना संक्रमण भएकालाई १० दिनसम्म आइसोलेशनमा राखिने भएपछि संक्रमित खेलाडीले तीन खेल गुमाउनेछन् ।