१४ असार २०८३, आईतवार
,
Latest
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा सामान्य सुधार



अ+ अ-

काठमाडौं । साताको दिन मंगलबार नेप्सेमा सामान्य सुधार आएको छ ।

नेप्से आज १.८७ अंकले बढेर १३००.२८ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि ०.२७ अंकले बढेर २७९.२४ बिन्दुमा चढेको छ ।

मंगलबार एक सय ७६ वटा कम्पनीहरुको आठ हजार पाँच सय ५४ वटा कारोवारमा २५ लाख २० हजार सात सय ९० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७२ करोड ८८ लाख २८ हजार सात सय ४५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज बाँणिज्य बैंक समुहको सुचक २.५६ अंकले घटेर ११७५.३१ बिन्दुमा झर्दा फाईनान्स समुहको सुचक पनि घटेको छ । बिकास बैंक समुहको सुचक भने दुई दसमलव दुई अंकले बढेर १५ ६४.१० बिन्दुमा चढ्दा जलबिद्युत समुहको सुचक पनि १.३७ अंकले बढेर ११८३.८ बिन्दुमा चढेको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ५.२३ अंकले बढेर ५८०९.२३ बिन्दुमा चढेको छ । यि बाहेक जीवन बीमा, होटल, उत्पादन मुलक, अन्य र लघुबित्त समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनी हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर १६ सय ५० रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनी पाँचथर पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ६२ पैसाले घटेर दुई सय १६ रुपैयाँमा कारोवार भएको छ ।