१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक सरोकारमा प्रधानमन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष ज्ञापन पत्र बुझाएको छ । 

अनेरास्ववियु (एमाले निकट), अखिल पाचौँ, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, राष्ट्रिय विद्यार्थी संघ र राष्ट्रवादी विद्यार्थी संगठनले ४ बुँदे मागसहित मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पर्दाथको मूल्य घटाउनुपर्ने, विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट दिने प्रावधान कडाइ साथ पालना गराउनुपर्ने र त्रिविमा आन्तरिक प्रतिस्पर्धाका नाममा योग्यलाई रोक्न खोजिएको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् । 

‘जनताको दैनिक जिवनसँग जोडिएको पेट्रोलियम पदार्थको मूल्य बृद्धि पछि हामी विद्यार्थी संगठनहरू संयुक्त आन्दोलनमा रहिरहँदा पेट्रोलियम पदार्थको मूल्य अझ घटेको छैन । सार्वजनिक यातायातका साधनहरुको भाडादर अझ बढेको छ । त्यसैले आम गरिखाने गरिब, किसान, मजदूर, विद्यार्थी र अन्य समुदायहरू अत्यन्तै मारमा परेका छन् । दाल, चामल, तेल लगायत दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले सर्वसाधारण जनताहरू भोकभोकै वस्तु पर्ने अवस्था छ भने अर्को तर्फ २०७८ मंसिर १४ गते त्रिवि सिनेट बैठकबाट गरिएको निर्णयले प्रज्ञिक क्षेत्र प्रतिको विश्वसनीयतामा गम्भिर प्रश्न चिन्ह लगाएको छ । त्यसैले हाम्रो संयुक्त विद्यार्थी संगठनहरू निम्नअनुसारको मागहरू तत्काल लागु गर्न र आम जनतालाई राहत दिन सम्मानित प्रधानमन्त्री सँग जोडदार माग गर्दछौं ।’ ज्ञापनपत्रमा भनिएको छ ।