१४ असार २०८३, आईतवार
,
Latest
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाबालक नै बलात्कारी बन्नुको कारणा यस्तो



अ+ अ-

काठमाडौं । नाबालकलाई पनि किन लाग्छ जबर्जस्ती करणीको अभियोगरु कति वर्ष पार गरेपछि जबर्जस्ती करणीको हदमा पुग्छ मानिसरु यी र यस्तै प्रश्नहरु धेरै आउँछन्, जब नाबालक बलात्कारी ठहरिन्छ। बाल मनोविज्ञानको भाषाअनुसार किशोराबस्था लागेपछि विपरित लिंगप्रति आकर्षित हुन्छन्। तर यहाँ त नाबालकमाथि जबर्जस्ती करणीको अभियोगै लाग्न थालेको छ।

एक सरकारी तथ्यांकले १० वर्ष मुनीका बालकहरुलाई पनि जबर्जस्ती करणीको अभियोग लागेको देखाएको छ। चालु आर्थिक वर्षमा १० वर्षमुनीका चार र १६ वर्ष मुनीका ८३ बालकमाथि जबर्जस्ती करणीको अभियोग लागेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ।

बाल मनोविज्ञका अनुसार नाबालक पनि यस्तो अभियोगमा पर्नुको कारण तिनीहरु हुर्कने वातावरण र परिवारमा हुने व्यवहारको असर हो।

नेपाली समाजमा ९÷१० वर्षसम्मका सन्तानलाई पनि सँगै सुताउने चलन छ। बालबालिका सँगै सुतेको बेला आमा बाबुले गर्ने यौनक्रियाकलापले बालबालिकामा कस्तो असर पर्छ भन्नेमा अभिभावक सचेत नभएका मनोविद् करुणा कुँवर बताउँछिन्।

उनका अनुसार बच्चालाई दुई वर्षदेखि अर्को बेडमा सुताउने र तीन वर्षको उमेरदेखि अर्कै कोठामा सुताउनुपर्छ। त्यो उमेरका बालबालिकाले हेरेर नै सिक्ने चएकाले देखेको नक्कल गर्छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।