३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

यौन व्यवसायीको फ्ल्याटमा यस्तो धन्दा, हाइप्रोफाइलका ग्राहक

यौन व्यवसायीको फ्ल्याटमा यस्तो धन्दा, हाइप्रोफाइलका ग्राहक
अ+ अ-

काठमाडौं । पोखरामा रहेका अधिकांश यौन व्यवसायीले आफ्नै छुट्टै कोठा वा घरको फ्ल्याट भाडामा लिएर व्यवसाय सञ्चालन गर्ने सरकारी अध्ययनले देखाएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रले पोखरामा यौन व्यवसायमा संलग्न ३ सय ४२ जना यौनकर्मीमा गरेको सर्वेक्षणमा ६८ प्रतिशतले आफूहरूले आफ्नै निजी कोठामा ग्राहक ल्याउने कुरा बताएका थिए । उनीहरूले आफ्ना केही नियमित ग्राहक भएको र केही आफैं खोज्दै आउने जवाफ दिएको सर्वेक्षणका कोर्डिनेटर साइपाल नेपालका कार्यक्रम निर्देशक पवन अधिकारी बताउँछन् ।

१६ देखि ४८ वर्ष उमेर समूहका यौन व्यवसायीमा गरिएको उक्त अध्ययनमा आधाभन्दा बढीले आफू अविवाहित भएको उत्तर दिएका थिए, जसमा ४८ प्रतिशतले विवाह गरेको तर सम्बन्धमा नरहेको बताएका थिए । सम्बन्धमा नरहेकाहरूमध्ये पनि ११ प्रतिशतले सम्बन्धविच्छेद गरिसकेको जानकारी दिए ।

यौन व्यवसायमा संलग्नमध्ये ९० प्रतिशत शिक्षित छन् । उनीहरूले आफूलाई यौनरोगका बारेमा जानकारी रहेको बताएका छन्, तर यौनसम्पर्कका बखत कन्डम प्रयोग गर्ने आधाभन्दा केही बढी मात्र छन् ।

नियमित यौनसम्पर्कमा कन्डम प्रयोग गर्नेहरूको संख्या ५२ प्रतिशत छ भने ४२ प्रतिशतले चिनेजानेको वा नियमित यौन साथीसँग यौनसम्पर्क गर्ने कन्डम प्रयोग नगर्ने बताएका थिए । पोखरामा यौन व्यवसायमा संलग्न महिलामध्ये २६ प्रतिशत नयाँ यौन व्यवसायी थपिएको पाइएको छ । सर्वेक्षणमा सहभागीमध्ये ७४ प्रतिशतले आफूहरू दुई वर्षभन्दा पहिलेदेखि नै यो व्यवसायमा संलग्न रहेको बताएका थिए ।

व्यवसायमा संलग्न अधिकांश महिलाले आफ्नो पहिलो यौनसम्बन्ध आफू २० वर्ष पुग्नुअघि भएको जवाफ दिएका थिए । यसरी २० वर्षभन्दा पहिले नै यौनसम्पर्क भएको बताउनेमा ३ सय १ जना ९८८ प्रतिशत० महिला थिए । उनीहरूले दैनिक सरदर दुई जनासँग यौनसम्पर्क हुने बताएको अधिकारी बताउँछन् । यसरी दैनिक एकभन्दा बढी ग्राहकसँग यौनसम्पर्क गरे पनि आफैं कन्डम लिएर हिँड्ने महिलाहरूको संख्या निकै कम छ । ‘कन्डम लिएर हिँड्नुहुन्छ रु’ भनेर सोधिएको प्रश्नमा ८० प्रतिशतले ‘बोक्छु’ भन्ने जवाफ दिए पनि देखाउन अनुरोध गर्दा २६ प्रतिशतले मात्र आफूसँग भएको कन्डम देखाउन सकेको सर्वेक्षणमा उल्लेख छ ।

ग्राहक ठूला व्यापारी

सरकारले राजमार्गमा हुने यौन गतिविधिको पनि सर्वेक्षण गरेको थियो, जसमा पछिल्ला ६ महिनामा पैसा लिएर यौनसम्पर्क गर्ने महिलाका सम्बन्धमा अध्ययन गरिएको थियो । महेन्द्र राजमार्गमा पर्ने २२ जिल्लामा गरिएको उक्त सर्वेक्षणमा ६ सय ६० जना महिला यौनकर्मीको सहभागिता थियो । यौनकर्मी महिलामध्ये ६६ प्रतिशत ३४ वर्षमुनिका थिए भने ६७ प्रतिशत शिक्षित थिए । तीमध्ये अधिकांश माथिल्लो जातका भएको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणमा सहभागी अधिकांश यौनकर्मी महिलाले आफू विवाहित भएको बताएका थिए । त्यसरी आफूलाई विवाहित बताउनेमा ७४ प्रतिशत महिला छन् । विवाहितमध्ये ८९ प्रतिशतले २० वर्ष पहिले नै आफूले विवाह गरेको बताएका छन् । महेन्द्र राजमार्ग छेउछाउ यौन व्यवसायमा संलग्न ९२ प्रतिशत महिलाले सन्तानसमेत जन्माएको बताएका छन् । त्यसमा एक चौथाइले विभिन्न कारणले आफ्नो एभोर्सन भएको बताए । २३ प्रतिशतले नचाहँदा–नचाहँदै बच्चा भएको उत्तर दिएका छन् भने ८२ प्रतिशतले आफूलाई अब बच्चा जन्माउन मन नभएको बताएका थिए । परिवार नियोजन र यौनरोगको सबैभन्दा भरपर्दो साधन कन्डम भएको जानकारी शतप्रतिशतलाई भए पनि ७० प्रतिशतले मात्र त्यसको प्रयोग गरेको पाइयो ।

पूर्व–पश्चिम राजमार्गमा रहेका अधिकांश यौनकर्मीले होटल तथा लजमा काम गरेको पाइन्छ, जसमध्ये ५४ प्रतिशतले आफ्नै घरमा वा व्यवस्थित तरिकाले कोठा लिएर व्यवसाय सञ्चालन गर्ने गरेका छन् भने बाँकीले अस्थायी स्थानमा व्यवसाय सञ्चालन गर्ने गरेका छन्, जसको तीन चौथाइभन्दा बढी दुई वर्षभन्दा लामो समयदेखि यो पेसामा संलग्न छन् ।

उनीहरूका आधाभन्दा बढी(५२ प्रतिशत) ग्राहक ठूला व्यवसायी छन्, जो आफ्नै साधन वा रिजर्भ गरेर भाडाको साधन लिएर आउने उनीहरूले बताए । ४३ प्रतिशत भने बस, ट्रक तथा ट्यांकरमा काम गर्ने व्यक्ति एवं बाँकी थाहा नभएका ग्राहक भएको यौनकर्मीहरू बताउँछन् । साप्ताहिकबाट