२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातभरी बसेर भएपनि साझा उम्मेदवार टुंगो लगाइन्छ : बरिष्ठ नेता पौडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार तय गर्न संस्थापनइतर समूहको बैठक चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा जारी छ । 

सभापतिका आकांक्षी धेरै रहेको इतर समूहको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा. शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत उपस्थित छन् ।

छलफलमा नेताहरुले जसरी पनि बुधवार विहानसम्म साझा उम्मेदवारको टुंगो लगाउनुपर्ने दबाब दिएपछि बरिष्ठ नेता पौडेलले आजै रातभरि बसेर भएपनि सभापतिको उम्मेदवार फाइनल गर्ने बताएका छन् । 

सो समूहभित्र सभापतिमा धेरै आकांक्षी हुँदा नेताहरूबीच मत नमिलेर फेरि पनि सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने होकी भन्ने बुझाइका साथ इतर समूहका युवा नेताहरूले दुई दिनभित्र सभापतिका साझा उम्मेदवार तय गर्न नेतृत्वलाई अल्टिमेटम दिएको छ ।