१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पठनपाठन एक महिनादेखि ठप्प, प्राध्यापक र अनेरास्ववियुको तालाबन्दी जारी



अ+ अ-

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरको पठनपाठन एक महिनादेखि ठप्प भएको छ ।

गत चैत २१ गते विश्वविद्यालयका सहायक डिनमाथि ४ दिनमा नै कोर्ष सिध्याएको, प्रयोगात्मक कक्षामा डेढ सय जना विद्यार्थी राखेको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको आरोप लगाउँदै कालोमोसो र जुत्ताको माला लगाएपछि विश्वविद्यालयको पठनपाठन ठप्प भएको हो ।

विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले कृषि संकायका सहायक डिन प्रा. विष्णु ओझा माथि कालोमोसो र जुक्ताको माला लगाउने छ जना विद्यार्थीलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।

विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई कालोमोसो दल्ने विद्यार्थीलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन जारी राखेको छ ।

प्राध्यापकहरुले मुख्य कार्यालयमा तालाबन्दी गरेका छन् । विद्यार्थीलाई कालोमोसो दलेको भन्दै निष्काशन गरेपछि अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरेको थियो ।

निष्कासनमा पर्ने विद्यार्थीहरुमा गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, सन्तोष खतिवडा, विभोर गौली र सुशन पौडेल रहेका थिए । उनिहरु छैटौं समेष्टरका विद्यार्थी थिए । उनिहरु ६० दिनका लागि निष्कासन भएका थिए ।

गएको असार २० गतेबाट विद्यार्थी र प्राध्यापकले आन्दोलन जारी राख्दा विश्वविद्यालय प्रभावित बनेको छ । यसै क्रममा कालोमोसो प्रकरण थपिएपछि विश्वविद्यालय अस्तव्यस्त बनेको हो । विगत एक वर्षमा आधा समय पनि विश्वविद्यालय नखुलेको जनाइएको छ ।