२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फानी चक्रवातः भारतको भुवनेश्वर र पुरीमा एकसय ६३ जना घाइते



अ+ अ-

भुवनेश्वर । ‘फानी’ नामक चक्रवातका कारण भारतको उडिसा राज्यको भुवनेश्वर र पुरीमा एकसय ६३ जना घाइते भएका छन् ।

पुरीमा एकसय ६० र भुवनेश्वरमा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका क्रममा अस्पताल भर्ना गरिएको राज्यको आकस्मिक सेवा केन्द्रले जानकारी दिएको छ ।

यस आँधीका कारण पसलहरु र पुरीमा रहेका मोबाइल फोन लगायत अरु सबै सञ्चार सम्पर्क अबरुद्ध भएको छ ।


उडिसाको पुरी, गान्जाम, कटाक र बालासोरे जिल्लामा करिब १४ लाख १८ हजारलाई फानी प्रभावित स्थानबाट सारी अन्यत्रै लगिएको छ । पुरीमा गत शुक्रबारदेखि फानीको प्रकोप शुरु भएको थियो ।