काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निम्छरो’ शब्द प्रयोग गरेर विपक्षी सांसदलाई मात्रै नभएर जनतालाई होच्याएको आरोप लगाए छन् ।
काठमाडौंमा बुधबार राष्ट्रिय जागरण अभियानमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीले पदको दुरुपयोग गरेर गैरसंसदीय शब्द बोलेर विपक्षीलाई मात्रै नभई जनतालाई समेत होच्याएको आरोप लगाए ।उनले भने, ‘विपक्षीलाई होच्याउनु भनेको जनतालाई होच्याउने हो। पदमा छु भनेर होच्याउन पाइँदैन।’
सत्तापक्षसँग लड्न बलियो संगठन भएको पार्टी चाहिने उनले बताए। कांग्रेस नेतृत्व निरंकुश हुन नमिल्ने उनको भनाइ छ।
‘संविधान मिच्दै जाने हो भने कांग्रेस हेरेर बस्दैन,’ उनले भने, ‘कांग्रेस जेल जान तर्संदैन। ज्यान दिन्छ।’