काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रपतिलाई बेलायतीको महारानी जस्तै बनाउन खोजेको आरोप लगाएका छन् ।
कांग्रेसको राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले सरकारले आस्थाको रुपमा रहेको राष्ट्रपतिको संस्थालाई सरकारले ‘मेरो सरकार’ भनेर अपहेलित गरेको आरोप लगाए ।
उनले गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन सुरु भइसकेको पनि अहिले तोडिएकोमा आपत्ति समेत जनाए ।
उनले भने, ‘राष्ट्रपतिले मेरो सरकार भनिन् । यो भन्दा अगाडि अघिल्लो वर्ष मेरो सरकार भनेकी थिइनन् । रामवरण यादवले पनि मेरो सरकार भनेका थिए । अहिले यिनलाई बेलायती महारानी जस्तो किन हुनु परेको ?’