१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मेरो सरकार’ भनेर राष्ट्रपतिलाई बेलायतीको महारानी जस्तै बनाउन खोज्ने ? : सभापति देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रपतिलाई बेलायतीको महारानी जस्तै बनाउन खोजेको आरोप लगाएका छन् ।

कांग्रेसको राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले सरकारले आस्थाको रुपमा रहेको राष्ट्रपतिको संस्थालाई सरकारले ‘मेरो सरकार’ भनेर अपहेलित गरेको आरोप लगाए ।

उनले गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन सुरु भइसकेको पनि अहिले तोडिएकोमा आपत्ति समेत जनाए ।

उनले भने, ‘राष्ट्रपतिले मेरो सरकार भनिन् । यो भन्दा अगाडि अघिल्लो वर्ष मेरो सरकार भनेकी थिइनन् । रामवरण यादवले पनि मेरो सरकार भनेका थिए । अहिले यिनलाई बेलायती महारानी जस्तो किन हुनु परेको ?’