३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णबहादुर महरा जस्तो कमजोर र डरपोक सभामुख कहिल्यै देखेको थिइनँ : सभापति देउवा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृष्णबहादुर महरा जस्तो कमजोर र डरपोक सभामुख कहिल्यै नदेखेको बताएका छन् ।

काठमाडौंमा बुधबार राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै देउवाले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंसदीय भाषा बोले पनि सभामुखले रेकर्डबाट नहटाएको भन्दै सभामुखलाई कमजोर र डरपोकको संज्ञा दिएका हुन् ।

‘नेपालको संसदीय इतिहासमै यति कमजोर, डरपोक सभामुख देखेकै छैन,’देउवाले भने, ‘धेरै सभामुख देखेका छौं। तर यस्तो निरिह सभामुख देखेको थिइनँ।’