१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ किलो सुन काण्डः अग्रवाललाई २ लाख धरौटीमा रिहा गर्न आदेश



अ+ अ-

काठमाडौं । ३३ किलो सुन तस्करी काण्डमा मुछिएका कृष्णगोपाल अग्रवाललाई धरौटीमा रिहा गर्न जिल्ला अदालत मोरङले आदेश दिएको छ। 

सोमबार न्यायाधीश भरत लम्सालको इजलासले अग्रवाललाई २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

सुन काण्डमा संलग्न रहेको आरोपित फरार रहेका उनलाई पक्राउ गर्न इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । झापाको साविक शिवगञ्ज गाविस–१ ठेगाना भएका ५० वर्षीय अग्रवाललाई इन्टरपोलको सहयोगमा दुबईबाट काठमाडौं ल्याइएको थियो ।

सुनको अवैध चोरीपैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोप अग्रवालमाथि छ ।

गोरेले ल्याउने सुनमा अग्रवालको पनि लगानी रहँदै आएको थियो । उनले २०६९ सालदेखि सुनको अवैध कारोबारमा गोरेमार्फत काम गरिरहेको अनुसन्धानमा खुलेको थियो । 

सो सुन प्रकरणमा जोडिएका गोरेसहितका व्यक्तिहरु पक्राउ परेको भए पनि काले भने यूएईमा नै बसिरहेका थिए ।